सबै लेखहरू

प्रिय साहित्य

प्रिय साहित्य

तिमि मेरो आफ्नो भागमा नपरेकी भूपू प्रेमिका जस्तै भएउ। त्यो प्रेमिका जसलाई म औधी मन पराउछु जसलाई म औधी माया गर्छु तर चाहेर पनि आफ्नो बनाउन सकिन। साच्चै एस्तै नै छ तिम्रो र मेरो सम्बन्ध। तिमि संगको चिन्जान धेरै पुरानो हो। म तिमीलाई बाल्यकाल देखिनै मन पराउथे तिमीलाई आफ्नो बनाउन चाहन्थे, तर मैले जान्दा जाँदै मैले चाहँदा चाहँदै तिमीलाई आफ्नो बनाउन सकिन। तिम्रा यादहरु मेरो मस्तिसमा अजै पनि उस्तै छन्।

स्कूल पढ्दाका दिनहरुमा तिमीलाई सुनेर मन पराए। ति दिनहरुमा तिमिसंग बोल्ने कुनै शब्दहरु नै हुदैनथे म संग। मलाई मेरा शब्दहरु भन्दा पनि तिम्रा आवाजहरु सुन्न प्रिय लग्थियो। प्लस २ पढ्दा भने म तिमीलाई बिस्तारै कापीहरु उतार्न लागेको थे। मेरा रफ कापीहरुमा तिमि नै भरिथेउ। अनि भरिएका कापीमा भएकि तिमीलाई हातमा लिन्थे, अङ्गल्थे अनि बिस्तारै चुम्थे। सच्चाई कति गाडा थियो है हामी बिचको प्यार।

Bachelor पढ्दा भने हामी बीच कुरै मिलेन। हामी एक अर्कालाई नबुज्ने भयौ एकाएक। अनि एक अर्कालाई भेट्नै नखोज्नी भयौ एकाएक।

जागिरे लाहीफ तेसरी नै बित्दै थियो, मेरा लागि पैसा ठुलो नै भयो। पैसाले मलाई यति सम्म मताएको थियो कि मैले तिमीलाई जिन्दगिको ६,७ वर्ष एकचोटी पनि सम्झिन। तर जिन्दगिले मलाई पैसा मात्र दिएन जिन्दगिले हण्डरहरु पनि दियो। जिन्दगीले मलाई खुसि मात्र दिएन, बर्खे भेल झैँ आसुहरु पनि दियो।

तिनै हण्डरहरुले तिनै आसुहरुले आज फेरी म तिमीलाई सम्झिरहेको छु। समयले आज फेरी मलाई तेही ठाउँ लियायेरा छोडेको छ जहाँ तिमि र म छुटियेका थियेउ।

रिसाएकी छौ होला, कैलै नबोल्ने प्रण पनि गरेकी हौली। यति हुदा हुदै पनि तिमिबाट एउटा चाहना राखेको छु आज मैले । आऊ मेरो जिन्दगिमा आउ । जिन्दगिको गाडीमा फेरी पांग्रा हालौ, गुडाउ जिन्दगिलाई फेरी एकचोटी। म तिमि बिना बाच्नै सक्दिन।

Published Dec 27, 2022