टेबल मा राखेको मोबाईल बज्दै थियो । नजिकै पुगेर हेरे सरु को फोन रैछ । घडी हेरे दिउसोको १ बजेको थियो । फोन उथाए। उता बाट सरुको आवाज आयो ।
सन्चै हुनुन्छ ?
म सन्चै छु सरु, तिमी ?
म पनी सन्चै छु । निस्क्नु भयो हजुर ?
छैन सरु अब निस्किन्छु । तिमी निस्किएउ ?
म निस्किएर फोन गरेको । चाढै आउनु ल।
हुन्छ भनेर फोन राख्दिए।
सरुसँग को चिन्जान धेरै पुरानो होईन। एक महिना अगाडी माइजुले फोन गर्नु भएको थियो । पढ्एकि, राम्री भने जस्तै केटी छन मेरो नजर मा । एकचोटी भेट्नुस भान्जा, मैले सबै कुरा मिलाईसकेको छु । एस्तै भन्दै हुनुन्थियो । मैले उति खेरै निर्णय दिन सकिन । माइजु म साझ फोन गर्छु हजुरलाई भनेर रखिदिए ।
थोरै पनी चिन्जान नभई भेट हुन मनै लगेन । माइजु संग सरुको फेसबुक ID मागे। फेसबुकमा एड भयेउ। अलि अलि बोल्न पनी लगेका छौ । आज भेट्नी प्रस्ताब पनी मैले नै रखे ।
केही समय लगाएर तयार भए र निस्किए ।
बाटोमा धेरै कुराहरु खेले मनमा ।
कुराकनी कसरी सुरु गर्ने होला। के भन्ने होला, कस्तो मान्ने होलिन । मलाई पो कस्तो लाग्ने हो । बाईक दौडिदै थियो एउटा गतिमा अनि बाईकको गति भन्दा तिव्र गतिमा दौडिदै थियो अनेक किसिमका भावनाहरु मनमा।
हामीले भेट्नी भनेको कफी शपमा पुगे। बाईक पार्किंगमा लगाए। भित्र छिर्न के लागेको थिए मेरो नजर उनैमा पर्यो। कालो स्वेटर, कालाई प्यान्ट, निलो जाकेट। आखामा गजल, ओठमा मन्द रातो लिपस्टिक, फुकेको कालो केश। सच्चाई कुनै मोडल भन्दा काम छैन उसको मुहार। मोबाहिल चलाउदै थिन नजिकै पुगेर भने।
रिसाएकी त छैनौ नि ? ढिला गर्यो भनेर।
मोबाहिल बाट नजर हटाइ, एकछिन अक्क मक्क परि र भनि।
छैन छैन बस्नुस न।
कति खेर आएउ?
५ ,१० मिनेट भयो होला ।
तिम्री साथी आइनन?
नाइँ ?
किन ? कौतुहलता हुदै सोधे ।
संगै जाऊ भनेर कति कर गर्दा नि मानिनन।
मलाई भने उसको साथी नआएको मा खुसि लग्यो। तर पनि प्रश्न गरे ।
साथी नआएको मा अफ्थारो मानेकी त छैनौ ?
छैन, तर आगि हजुरलाई कुर्दा, लियाउन पर्ने रैछ जस्तै लागेको थियो ।
म खिस्स हासे ।
कफी पिउछौ ?
उसले हुन्छ भन्दै इशारा गरिन ।
वेटरलाई बोलाए ।
२ ओटा कफी र एउटा चुरोट मगाए ।
वेटर गए पछि उसले हजुर चुरोट खानु हुन्छ ? भनेर सोधि ।
एकछिन बोलिन। केहि बेरको सन्नाटालाई तोडेर उसैले सोधि ।
कैले फर्किनु हुन्छ काठमाडौँ ?
भोलि फर्किन्छु सरु ।
आज नआएको भए त भेट नै नहुने रैछ है ? उसले खिस्स हास्दै जिस्कि।
के थाहा तिमीलाई नभेटी फर्किन्न थे कि ?
मेरै लागि त बस्नु हुन्थेन होला ? उसले जिक्ज्ञासा राख्दै सोधी ।
बस्थे कि मैले भने ।
न आउन पर्ने रैछ। थोरै घुर्की लगाउदै उसले भनि।
अनि घर कसैलाई भनेकी छौ भेट्न जादै छु भनेर ?
नाई, कसैलाई भनेकी छैन।
तेसपछि उसको पढाई, उसको बसाई अनि परिवार को बारेमा कुरा भयो । उसले पनि मेरो घर परिवार, जागिर अनि मेरो काठमाडौँ बसाई को बारेमा सोधि । थुप्रै कुरा हरु भए हामी बीच । मानौ हामी बर्सौ देखि चिन्छौ एकअर्कालाई ।
वेटरले कफी र चुरोट लियायेर थमाईदिए । एउटा कफी उ तिर सारे । चुरोट भने सल्काउन मन लागेन ।
बिस्तारै हामी दुवै जना गफिदै थियौ । अनि एकअर्कालाई राम्रो संग चिन्दैथेउ बुज्दैथेउ । कुराकानी कै सिलसिलामा मैले प्रसङ्ग मोडे ।
सोधे तिमि सानै देखि येति राम्री थियेउ सरु?
उ मुसु मुसु हासी मात्र केहि बोलिन।
उनको उत्तर न आउदै फेरी सोधे ।
प्रेम गरेकी छौ सरु कसैलाई ?
अहिले सम्म त छैन अब चाई गर्नु पर्ला कि। उसले हास्दै भनि ।
थाहा छ, हजुरको Friend Request एशेप्ट गरे पछि हजुरको सबै पोस्टहरु हेरेको थिए मैले । मोबाहिलमा स्क्रीनशत गरेको फोटो देखाउदै भनि यो बेलाको स्टाटस अल्लि फरक लागेको थियो ।
उसले १ वर्ष आगाडी को स्क्रीनशत देखाएकी थी। रुपा संग रिलेशन बेला लेखेको स्टाटस थियो । सबै डिलिट गरे जै लागे थियो। एक दुइ ओटा अजै बाकी रैछन।
कफी सकेर कप लाई थोरै पर सारि।
अनि एक तक मलाई हेर्दै भनि नरिसाउने भए हजुरलाई एउटा कुरा सोधुम?
कस्तो कुरा ? सोधन सरु ।
त्यो बेला के भएको थियो भन्नु हुन्छ मलाई ?
कस्तो दुबिदा मा पारेउ सरु तिमीले। नभनु प्रमाण लिएर बसेकी छौ भनौ भने मलाई त्यो बिगत सम्झिनै मन छैन ।
तिमीलाई त्यो रहस्य भन्नु ठिक होला कि नहोला केहि सोच्न सकेको छैन। फेरी मन मनै लग्यो अरुलाई नभनेनि तिमीलाई चाई भन्नु पर्छ । तिमीलाई त्यो जान्ने हक पनि छ । तिमीलाई हामी बीच हुनेवाला सम्बन्धको निर्णय लिन पनि सजिलो हुनेछ। अनि अर्को कुरा तिमि मेरो जीवनमा आएर उ संग को सम्बन्ध को कुनै अंग्श तिमीले अरु बाट थाहा पायौ भने तेस्ले हाम्रो सम्बन्ध कम्जोर बनाउछ। म हाम्रो सम्बन्ध कम्जोर बनाउन चहादिन सरु ।
उ संग को दुरी घटाउन कुर्ची लाई थोरै अगाडी सरे ।
तेसो भए सुन्छौ त ?
उसको आखाहरुले हुन्छ भने ।
सरु २ वर्ष आगाडी को कुरा हो। म काठमाडौँ बाट बुटवल फर्किदै थे। रुपा लाइ तेही बसमा भेटेको थिए मैले। मेरो सिटको छेउकै सितमा परेकी थिन उनि। काठमाडौँ AG र Forestry को entrance Exam दिन आएकी रैछन। सुरुमा कै कुरा कानी नभयेनी बसको गतिको रफ्तार संगै एक अर्का बीच कुराकानी बढाएका थियेउ हामीले। झ्यालको सिटमा थे म। उनलाई बस लागेको थियो। हामीले सिट चेन्ज गरेउ। तेस्को केहि बेरमा vomit भयो उनलाई। मन त थियो बस रोकाएर उनलाई vomit रोक्ने औषादी किनेर खान दिन तर मध्ये रात औषादी पसलहरु सबै बन्द।
मलेखु पुगेर बस रोकियो। उनलाई झरछौ र भनेर इशारा गरे। उनले टाउको हलाउदै नझर्ने संग्केट गरिन।
धेरै बेर को vomit ले शरीर थाकेको होला। झर्ने जागर पनि नलागेको होला येस्तै सोचेर बस बाट झरे। खान खाने छेउकै पसलमा गए २ ओटा पानीको बोत्तल किने र बस चढे।
एउटा बोत्तल उनलाई दिदै अफ्थारो भए उठाउ है भनेर म चाई अर्को तिर फर्किएर सुते।
दुम्कीबास गएर बसले बिहान ४ बजे चिया पिउन रोक्यो। उनलाई राति अफ्थारो भयो भएन मलाई उठाउन खोजिन खोजिनन त्यो त उनैलाई नाई थाहा होला तर बिहान मेरो आखा खुल्दा उनि उठी सकेकी थिन अनि मैले राति दिएको पानीको बोत्तल पनि खाली थियो।
हामी दुवै जना चिया पिउन झरयौ। बिहानको चिसो, पसल छेउ छाउमा आगो बलेका थिए। हामी २ कप चिया लिएर तेही आगोको नजिक गएर चिया पियेउ। एकछिन पछि सहचालकले सबैलाई गाडी चढ्न आदेश दिए। हामी गाडी छुट्ने डरले हतार हतार गरेर आफ्नो सिटमा गएर बस्यौ। एकछिन पछि हाम्रो गाडी बुटवल तिर अगाडी बढ्यो ।
२ घण्टा पछि बुटवल पुग्येउ। मैले झर्ने बेला कोठामा पुगेसी मेस्सेज गर है भनेर नम्बर दिए। उनको नम्बर चाई माग्ने हिम्मत आएन।
घर गए दिनभरी घरकै काममा बिजी भए राति सुत्ने बेला चाई मेस्सेज आएको थियो नया नम्बर बाट। लेखेकी थिन हिजो रातिको सहयोगको लागि धन्यबाद। पुगेसी मेस्सेज गर्छु भनेको थिए साथीको कामले बाहिर जानु पर्यो भुलेछु।
तेस्पछि फेरी अर्को मेस्सेज गरिन उनले। हजुरलाई मैले फेसबुकमा भेटाउन सकिन । मलाई Friend Request पठाउनु न ल भनेर।
फेसबुकमा जोदियौ नियमित गफ हुन लग्यो। ४ दिनको बिदामा घर आएको थिए। काठमाडौँ फर्किने दिन पनि आयो। जानु अगि भेट्नी इच्छा गरिन उनले। बस चढ्न बसपार्क आएको थिए। उनलाई तेही बोलाए। एउटा सानो झोला लियायेर थामैदियेकी थिन उनले। हेरे झोलामा पनिको बोत्तल अनि चाउचाउ र लेज रैछ। अस्ति राति को पनि फिर्ता गरेकी हौ भनेर जिस्काए ।
बस चढे काठमाडौँ पुगेसी उनलाई आफु पुगेको मेस्सेज गरे ।
काठमाडौँ को दिन चरिया घरको भन्दा अल्लि फरक नाई थियो। एउटा फ्ल्याट लियायेका थियेउ सुभाष र मैले। बिहान छिटो उठ्यो खान बनायो office का लागि रेडी भयो। दिनभर office, साझा परेसी तेही खान बनाउने खाने काम । अनि खान खाएर फेसबुक खोल्यो रुपाले मेस्सेज गरिसकेकी हुन्थिन। हामी सबथोक भुलेर मेस्सेजमा रमाउठेउ। कुरा कानी गर्दा कति खेर मध्ये राति भएको हुन्थियो हामीले थाहा नाई पउदैनथेउ।
कुराकानी अबेर सम्म हुन्थियो, एक अर्कालाई औदी मन परौथेउ तर मुख खोलेर मन पराएको कुरा एक अर्कालाई भन्न भने सकेका थेनौ। अज भनु भने उनि मैले I Love You नभनेरै माया गरेको महसुस गर्न चाहन्थिन होला। तेसैले पनि हामी बीच यो बिसयमा कैलै कै विवाद भएन।
केहि दिन पछि उनको AG र Forestry दुबैको रिजल्ट आयो। उनि संगै बस्ने साथीको AG मा नाम निस्कियो तर उनको भने दुबैमा निस्किएन। तेसदिन रति निकै रोएकी थिन उनि फोनमा। मैले धेरै बेर लगाएर सम्झाएको थे उनलाई। प्रिप्रेसन क्लास फेरी जोइन गर भने। उनले भने अनुसार नै क्लास लिग्न लागिन । हामी भोलिका जीवनका बारेमा प्लान गराई रहेका हुन्थेउ, एस्तो गरौला उस्तो गरौला, तिमि एस्तो गर म एस्तो एस्तो गरौला।
उनि पैला भन्दा धेरै नै मेहेनत गरेर पढ्न लागिन। ढिलो चाडो exam पनि आयो। Exam दिहिन। केहि दिन पछि Exam को रिजल्ट पनि आयो। उनले AG मा नाम निकालिन। भैरहवाको AG क्याम्पसमा भर्ना भएर होस्टेल बस्न लागेकी थिन।
उनले नाम निकाले पछि एकचोटी घर आएको थिए म। बिहानको flight मा भैरहवा झरे। घडी हेरे ११ बजेको थियो। उनलाई आफु आउदै छु भनेर आगिल्लो दिने जानकारी दिएको थिए। भैरहवा एरपोर्ट आएकी थिन लिन। एरपोर्ट बाट निस्किएर हामी एउटा रेस्टुरेन्टमा पसेउ । सारै भोक लागेको थियो खान खायेउ अनि तेहा बाट निस्किएर केहि बेरमा हामी भैरहवा कै काशी complex मा फ्लिम हेर्न पुग्येउ।
फ्लिम हल बाट निस्किएर पछि उनले सामान लिनु छ सनौलि बजार पनि जाऊ भनिन। भैरहवा बाट ३ किलोमीटर दक्षिण सनौलि बजार। एक घण्टा लगाएर उनका सामान हरु किनेम। अनि फर्किने बेला सनौलि बजार बाट उनलाई २ जोर कुर्ता सुरवाल किन्दिये ।
बोर्डर वारी आएर taxi गरेउ। Taxi होस्टेल आगाडी गएर रोकियो। उनका सामानहरु झरे taxi बाट अनि राम्रो संग पढ भन्दै taxi मा चढे। हात भरि सामान अनि गहभरि आसु झर्दै हात हल्लैरहिन, अनि मैले पनि देखिनी बेला सम्म हात हल्लाई रहे ।
सम्बन्ध भने जस्तै थियो सरु, माया को कुरा त मैले गरिहाले। सबै कुरा हरु भने जै हुदा हुदै पनि एकदिन को कुरा हो। नया कम्पनी बाट सुभाष लाई जब अफ़र आएको खुसियालीमा सुभाषले office बाट फर्किदा केहि बोत्तल बियर र मासु लियायेका रैछन कोठामा। खान बनायेउ अनि बियर को बोत्तल खोलेर सुभाष लाई बधाई दिदै बियर पियुन सुरु गरेउ। कोठामा खाने आरु कोइ थिएन हामी २ जना एक पछि अर्को बियर गिलासमा खानाहुदै पियिरहेका थियेउ।
तेस माथि रम पनि थपेका थियेउ हामीले। हामी दुबैले जनालाई रक्सी लागिसकेको थियो।
मैले छेउमै भएको मोबाइल आफु तिर ताने। हेरे उनले मेस्सेज गरेकी रैछन। केहि दिन आगाडी office बाट घुम्न गएका थियेउ तेही फोटोहरु मागेकी थिन उनले। मैले नसाकै तालमा फोटो हरु पठाएको थिए। रक्सीले बढी लगेर होला मोबाइल चलाउने जागर सम्म थिएन।
मोबाइल टेबलमा राखे र आफ्नो बिस्तारमा गएर पल्टिए।
अर्को दिन बिहानै उठे। फेसबुक हेरे उनले केहि मेस्सेज रिप्लाई गरेकी छन् कि भनेर।
तर उनले मेस्सेज गरेकी रैनछिन। मेस्सेज गर्न खोजे मेस्सेज गर्न मिलेन ।
स्क्रोल गर्दै हिजो राति पठाएको फोटो हरु हेरे। मेरो फोटो संगै मैले मेरै मोबाहिल बाट खिचेको office को एकजना बैनी को फोटो पनि उनलाई फरवार्ड भएको रैछ ।
तेसपछि बल्ल बुजे उनले तेही फोटो को कारण block गरेकी रैछन। लगातार फोन गरे, सुरुमा फोन उठ्दै उठेन, पछि फोन काट्न थालिन तेस्पछि भने स्वीच अफ भएको भनेर टेलिकमको आवाज आयो। तेस्पछि कैयेउ दिन मैले फोन र फेसबुक मा मेस्सेज गर्न try गरे तर मेरो प्रयास हरु सधै असफल नै रहे ।
उनको पर्खाईमा दिन बिते, हप्ता बिते, महिना बित्न कैयौ वर्ष जस्तो लागे पनि आखिर बितेरै छोडे। तर बर्सौ लगाएर बितेको समयले उनि बाट कुनै संदेश लियाउन सकेन। केहि सिप नलागे पछि फेसबुक मा एउटा नया account बनाएर मेस्सेज लेखे उसलाई ।
प्राण पियारी
यो मेरो नया account हो। तिम्लाई मेस्सेज गर्न कै लागि नया account बनाएको हु मैले। केहि प्रस्न सोध्न छ पियारी तिमीलाई अनि धेरै कुराहरु बताउन पनि छ। तर मेरो बोलि सुन्न नपरोस भनेर प्रतिज्ञा गरिरहेकी तिमि मैले सोध्ने प्रस्नहरुको उत्तर दियेउलि र। अनि मैले सुनाउन चाहेको कैयेउ कुराहरु सुनौली र।
तर जे सुखै भन रुपा, तिमि भित्रको भ्रम हटाउन, अनि मेरो मनमा गुम्सिएर रहेको गुनासो को पोको फुकाउन भए पनि तिमीले सुन्नै पर्छ आज अनि मैले सुनाउनै पर्छ आज।
तेसदिन राति सुबास र मैले अल्लि धेरै नै पिएका थियेउ। झुकिएर त्यो फोटो पनि गएको रैछ। तर तेही फोटोले हामी बीच येति ठुलो दुरी लियाउछ भनेर कल्पना पनि गरेको थिन पियारी मैले।
तिमि त मैले नभनेरै मेरा मनको सब कुरा बुज्ने मान्छे। अनि नभनेर बुज्ने मान्छे यसरी अबुज भनेर बस्न मिल्छ र पियारी । गल्ति भएको छ म बाट। तिम्रो मन दुखाएको छु मैले। तेस्को लागि मैले मनै देखि माफी मागे तिमि संग। एस्लाई सानो असमति मानेर भुलिदेउ । तिललाई पहाड पनि नबनाऊ पियारी। आउ सब थोक भुलेर आगि बढौ जिन्दगीमा ।
येस्तै कुराहरु लेखेको थिए मेस्सेज मा । मैले रुपाको बारे सबै कहानी भनेर सक्दा सम्म सरुको आखाहरु रसैरहेको थियो।
रुन्छे स्वरमै उनले भनिन तेती धेरै माया गर्नु हुदो रैछ है उसलाई। फेरी रुन्चे स्वरमै सोधि ।
तेस्पछि contact गरिन त उनले ?
मेस्सेज पठाएको ३ महिना पछि सीन भयो। ढिलाई भए पनि एउटा आशाको किरण देखेको थिए मैले सम्बन्ध मा। लाग्यथियो उनले रिप्लाईमा हिजो को सबै असहमति भुलेर नया जीवन को सुरुवात गरौ भन्छिन। तर मेरो मनमा बलेको त्यो आशाको दियो उनले धेरै बेर बल्नै दिहिनन। मेस्सेज सीन भएको केहि बेर पछि मैले रिप्लाई नै गर्न नमिल्ने भयो फेरी।
तेस्पछि के के भयो सरु बयान गरि साध्य छैन। बर्सौ देखि गर्दै आएको तेती राम्रो जागिर छोडे। कोठामा दिन भरि एक्लै, साथमा रक्सी र चुरोट। पार्टी कुनै अवसर परेर खाने मधीरा मेरो दिन चर्या बन्न लग्यो। रक्सीको लत लग्यो, चुरोटको लत लग्यो, तर त्यो भन्दा डर लाग्दो लत त मान्छे कै हुने रैछ। मलाई उनको लतले निरन्तर गलाई रहेको थियो। अनि सब थोक भुलेर गलिरहेको थिए म ।
मेरो दुर्दशा देखेर सुबासलाई दया लगेछ। उनैले विपासना नेपाल जाने सबै चाजो पाजो मिलैदिये। २ हप्ता को विपासना बसाईले उनलाई भुल्ने त बनाउन त सकेन। तर आफु कुन स्थितिमा छु र अब के गर्नु पर्छ तेस्को बोध चै गर्न सक्ने भएर फर्के ।
मैले यति भनेर सक्दा भने सरुको अनुहारमा पुरानो कुरा कोत्ताएकोमा पछ्याताप लागे जै देखिन्थियो।
उसलाई अल्लि सहज बनाउनलाई भने, बिगतका कुरा लाई यही छोडेर अब वर्तमानका कुरा गरौ।
उसले अलिकति सहज भए जै गरि ।
तिमि मलाई प्रेम गर्छु सरु ? थोरै हिम्मत झुटाएर प्रश्न गरे उसलाई ।
मलिन भएका उसको अनुहार एकाएक रातो हुदै आयो। लाज र डर ले कै बोल्नै सकिन। मेरो प्रश्नले एकाएक अत्तालिए जे भै।
एकछिन पछि भनि म हजुरलाई भोलि उत्तर दिन्छु है।
मैले हुन्छ भने।
कुरा कानी गर्दा गर्दै साझा परिसकेछ। सरु जाने तयारी गर्दै थिन।
मैले उसको कोठा सम्म पुरैदिन्छु भने ।
उसले पनि सहज नै मानेर हुन्छ भनि ।
पर्दा पछाडी
यस कथामा भएका ठाउँहरु बास्तविक भए पनि कथा भने पूर्ण रुपमा काल्पनिक हो। यस कथाका २ काल्पनिक पात्र सरु र रुपा जसले मेरा कैयेउ रात अनिदो बनाएका छन् । उनिहरु बाट पनि छुटकारा मिलेको छ आज बाट।