श्याम भट्टराई दाईलाइ मुरी मुरी धन्यबाद। दाईकै प्रेरणाले मेरो बर्सौ देखि मिर्त अवस्थामा रहेको साहित्तिक मनलाई जगैदिनु भयो, पानी हल्दिनु भयो फलसोरूप तेही मनमा फुलेको एउटा सानो फूल हो “म बिहे गर्दै छु” कथा।
धेरै सोचेर कथा के चै लेख्नी विचार बनाए। कथामा मैन पात्र बिहेको लागि एउटा युवती संग कफी सपमा भेट्न जान्छ। कुराकानी कै क्रममा उसले आफ्नो पुरानो प्रेमिका संग को कहानी भन्छ। अनि आफु त्यो बिछोडको बिगत बाट कसरि बिहे गर्ने अवस्थाको लागि तयार हुन्छ येस्तै हुनु पर्छ भनेर।
सरर हेर्दा कथा २,३ लाहिनमा सकियो तर २,३ लाहिनलाई कसरि अल्लि बेर पढेर भुल्न सक्ने बनाउने कुरा धेरै नै चुनौतीपूर्ण थियो।
अनि त्यो भन्दा चुनौतीपूर्ण थियो मेरा लागि पात्रहरुको नाम राख्न। पात्रको नाम एस्तो होस् पढ्ने बेला पनी सजिलो होस्, पढेर सकेसी सम्जिन पनी सजिलो होस्।
कैयेउ दिन लगाएर नाम जुराए सरु, रुपा र सुभाष। रुपाको नाम पैला सुशिला राखेको थिए पछि अल्लि लामो जस्तो लागेर रुपा राखे। कथा सुरु बाट लेख्दै गए। ओहो एक लाहिन पनी लेख्न कति गारो। सोचे मान्छेहरु कसरि २००,३०० पानाको उपन्याश लेख्छन। सुरुका दिनहरु त हातै चलेन। बिस्तारै भने बानी पर्दै गयो। सरु संग भेट्न जादा सम्म को कहानी लेख्न खासै समय लागेन तर सबै भन्दा बढी चुनौती त सरुलाई रुपाको कहानी कसरि भन्नि त्यो बातावरण कसरि बनाउने नै भयो।
जति नै सोच्दा पनी दिमागमा केहि आइडिया नै आएको थिएन।
आफुले चिनेको कुनै केटिलाई कफीको लागि प्रस्ताव नै राखु कि जस्तो भयो २,३ दिन त। धन्न तेती सम्म भने गर्नु परेन। रुपा संग फेशबूकबाट कुरा कानी अगि बढेको हो तेसैले पुरानो पोस्टबाट कुरा जोड्नु पर्छ जस्तो लग्यो। तेही आइडिया नै कथामा हालेर कथालाई जोडे। सुरुमा २,३ रात लगाएर रुपा संगको कहानी लेखे। २,३ रात रुपा संगको बिछोड हुदाको कहानी लेख्न लग्यो। रुपा लाई अन्तिममा लेखेको मेस्सेज चै केहि सेन्तिमेंटल गीत सुनेर सक्काए। कथा लेखेर सक्दा सम्म म रुपा र सरु दुबैको प्रेममा परिसकेको थिए। यी दुवै काल्पनिक पात्र भए पनि मलाई भने उनीहरुलाई भेट्न मन लागेको थियो। तब बल्ल बुजे मैले कति सम्म यी पात्र हरुलाई आफ्नो दिमागमा स्थान दिएको रैछु।
कथा लेखेर सकियो । रोमनमा टाहिप गरेको थिए। पढेर प्रतिक्रिया देउ है भनेर सुभाषलाइ शेयर गरे। कस्तो निस्तुरी बने सुभाष। शेयर गरेको ८,९ घण्टा सम्म उनले कथानै पढेनन। कति अल्क्षि मान्छे उनि। आफुलाई भने हप्तौ दिन अनिदो बसेको मेहेनत कस्तो भएको छ भनेर जान्ने हतार थियो।
मेस्सेज गरेरै भने समय निकालेर पढेर प्रतिक्रिया दिनु पर्यो भनेर। अल्छी मान्छेले अर्को दिन जागर चलाएछन्। राम्रै लग्यो भनेर मेस्सेज गरे। अलिकति भएनी मन दुक्क भयो। कथा ८,९ पानाको भएको थियो तेस्माथि नेपाली मा टाहिप गर्नु पर्ने काम अजै बाकी नै थियो। सुरुमा त ५००,१००० दिएर कसैलाई टाहिप गरौकी भन्ने लग्यो। पछि भने आफैले जागर चलाए।
नेपालीमा टाहिप गरेर सकियो। केहि असुद्दा हुदा हुदै पनी वेबसाइटमा हालेर अफिशका साथी हरुलाई सेयर गरे। २० मिनट पछि श्याम दाइले मेस्सेज गर्नु भयो। दाइलाई कथा राम्रो लागेको कुरा गर्नु भयो। मन फुरुन्ग्ग भयो। ठुलै परीक्षा पास गरे जस्तो लग्यो। बर्सौ देखि इन्जिनियरको जागिर बाट कमाएको सम्पति भन्दा नि धेरै कमाए जै लग्यो। मन फुरुन्ग्ग त थियो नै तर कसैले छिया भन्देला भन्नि डर पनी थियो मनमा।
डरैडरमा बिस्तारै फेशबूक, व्हाट्सएप र इन्स्टाग्राम सबै तिर चिनजान का मान्छे हरुलाई सेयर गरे। सबैले राम्रै लागेको प्रतिक्रिया दिए। कथा राम्रो बनेको छ छैन पढ्ने ले नै मुल्याकन गरे होलान। तर जतिले राम्रो भने उनीहरुले बुजेका थिए साहित्य मेरो बिदा होइन। कम्प्युटरमा रमाउने मान्छेले यति सम्म लेखेछ भन्नि सोचे होलान अनि येस्तै सोचे मैले पनि। कतिले कथा अधुरो छ पनी भने कतिले पार्ट २ कैले पनी भने। कथा अधुरो छ। अज भनु भने कथा अधुरो नै छोडेको मैले। तर यसको पुरा रुप केहि समय पछि पक्कै लेख्छु।
प्रतिक्रिया दिने सबैलाई मुरी मुरी धन्यबाद। केहि प्रतिक्रिया तल समाबेश गरेको छु।